कारागारका कैदीबन्दीलाई पुस्तक तथा खेलकूदका सामग्री वितरण

Karagar palpa

पाल्पा । पाल्पा जिल्ला कारागारका कैदीबन्दीलाई पुस्तक तथा खेलकूदका सामग्री वितरण गरिएको छ ।

पुस्तक दिवसको अवसरमा आइतबार नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ पाल्पा शाखाले तानसेनमा रहेको सो कारागारलाई पुस्तक तथा खेलकूदका सामग्री उपलब्ध गराएको हो ।

एकासी थान पुस्तक, दुई बल, एक–एक थान चेस तथा लुडो एक थान ब्याटमिन्टन र एक दर्जन कक प्रदान गरिएको शाखा अध्यक्ष किशोर भट्टराईले बताए ।

आगामी वर्ष पनि यो सहयोगलाई निरन्तरता दिइने उनले जानकारी दिए । उक्त कारागारमा ५६ महिला दुई बालबालिका र २३३ पुरुष कैदीबन्दी छन् ।

पुस्तक तथा खेलकूदका सामग्री पाएपछि खुशी लागेको कैदी राजु आचार्यले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...