हिमपात र हावाहुरीका कारण चार दिनदेखि हुम्लामा हवाई सेवा बन्द
हुम्ला । दुर्गम हिमाली जिल्ला हुम्लामा सञ्चालित एकमात्र यातायात साधन हवाई सेवा चार दिनदेखि पूर्णरुपमा बन्द छ ।
बुधबार दिउँसोदेखि हिमपातसँगै चलेको हावाहुरीका कारण सिमकोट विमानस्थलमा हिउँ बाक्लो जमेका कारण हवाई उडान बन्द हुन पुगेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताए ।
लगातारको हिमपातले सिमकोट विमानस्थलको हिउँ पन्छाउने कार्य शनिबारदेखि शुरु गरिएको उनले जानकारी दिए ।
विमानस्थलको हिउँ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र एयरलाइन्सका कर्मचारीले पन्छाइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन श्रेष्ठले बताए ।
बाक्लो हिउँका कारण जिल्ला बाहिर जोड्ने एकमात्र हवाई सेवा सञ्चालन नहुँदा पाँच दिनदेखि यात्रुले आवतजावत गर्न पाएका छैनन् ।
शनिबार दिउँसो १ बजेदेखि विमानस्थलको हिउँ पन्छाउन थालिए पनि हवाई सेवा सञ्चालनमा ल्याउन अझै दुई दिन लाग्ने भएको छ ।
हुम्लादेखि नेपालगञ्ज र सुर्खेत जाने यात्रु तथा नेपागञ्ज र सुर्खेतदेखि सिमकोट आवतजावत गर्ने यात्रुसहित अन्य सामग्री ढुवानी गर्न नसकिएकाले सिमकोटमा दैनिक उपभोग्य सामानको पनि अभाव देखिन थालेको उनले जानकारी दिए ।
खिरौला (सेतो चिनी) चार दिनसम्म हवाई उडान बन्द हुँदा सिमकोट विमानस्थलमै थन्किएको छ ।
प्रतिकृया दिनुहोस