टिपरको ठक्करबाट एक पुरुषको घटनास्थलमै मृत्यु

Mirtu 2345

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-२ बरगाछीमा तीव्र गतिमा रहेको टिपरको ठक्करबाट आइतबार एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैंचामा टिपरको ठक्करबाट बालिकाको मृत्यु भएको घटना सेलाउन नपाउँदै विराटनगरमा टिपरकै कारण अर्को दुर्घटना भएको हो ।

पूर्वबाट बरगाछी चौकमा आइपुगेर दक्षिणतर्फ मोडिन खोजेको को १ ख ७०९२ नम्बरको टिपरको ठक्करबाट साईकलयात्री पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनसार मृतक अन्दाजी ४५ र ५० वर्ष जतिका देखिने पुरुषको पहिचान खुलिसकेको छैन ।

उत्तरबाट साईकलमा दक्षिणतर्फ आउँदै गर्दा बरगाछी चोकैमा टिपरको पछाडिको चक्काले पुरुषलाई ठक्कर दिँदा घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी सहायक निरीक्षक निलमणि पोखरेलले बताए ।

प्रहरीले शवलाई पोष्टमार्टमका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा लगेको छ । अहिलेसम्म कोही पनि आफन्त सम्पर्कमा नआएका कारण शवको पहिचान खुल्न गाह्रो भएको प्रहरीले जनाएको छ ।

टिपरलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेका कारण खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मोरङको सुन्दरहरैंचा नगरपालिका-९ मा गत माघ १३ गते टिपरको ठक्करबाट ११ वर्षीय बालिका लक्ष्मी ढकालको मृत्यु भएको थियो ।

घटनापछि आक्रोसित स्थानीय बासिन्दाले सातवटा टिपरमा आगजनी गरेका थिए ।

त्यो घटना भएको दुई साता पनि वित्न नपाउँदै विराटनगरमा टिपरकै कारण अर्का व्यक्तिको मृत्यु भएको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...