बर्दिबास नपामा सुविधा सम्पन्न ब्याडमिन्टन कवर्ड हल बन्दै

Kabard hall

बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिकामा सुविधासम्पन्न ब्याडमिन्टन कवर्डहल बन्ने भएको छ ।

बर्दिवास–१ भब्सीमा आज वसन्तपञ्चमीका अवसरमा नगर प्रमुख विदुरकुमार कार्कीले सुविधासम्पन्न कवर्ड हल निर्माण कार्यको शिलान्यास गरे । बर्दिवास ब्याडमिण्टन सङ्घले रु एक करोड ५० लाखको लागतमा कबर्ड हल निर्माण थालेको हो ।

मुख्यतः ब्याडमिण्टन खेलका लागि निर्माण थालिएको कबर्ड हलमा सर्वसाधारणको उपयोगका लागि ‘सोनावाथ’ र ‘स्ट्रिमवाथ’ सहितको सुविधा रहने निर्माण समितिले जनाएको छ ।

यहाँस्थित गौतम रियलस्टेटले उपलब्ध गराएको तीन कठ्ठा जग्गामा कबर्ड हल निर्माण थालिएको हो । सङ्घसँग मौजूद रहेको रकमबाट निर्माण काम थालिएसँगै प्रशस्त सहयोगी पाइएका निर्माण समितिका अध्यक्ष विष्णु खड्काले जानकारी दिए ।

प्रदेशभित्रका प्रतियोगिता आयोजना गर्न नयाँ बन्ने कबर्ड हल उपयोगी हुने जनाइएको छ । निर्माण कार्य छ महीनामा सम्पन्न हुने समितिका अध्यक्ष खड्काले बताए

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...