कतारबाट काठमाडौं फर्किएकै दिन एक युवा बसमै लुटिए

Lutera

काठमाडौँ । वैदेशिक रोजगारीबाट फर्कदै गरेका इलामका एक युवा बाटैमा लुटिएका छन् ।

इलाम फाकफोकथुम २ का ३० वर्षीय टीकाराम लिम्बू बसको यात्रामा लुटिएका हुन् ।

कतारबाट काठमाडौं फर्किएकै दिन बसको यात्राबाट झापाको विर्तामोड आउने क्रममा लिम्बू लुटिएका हुन् ।

उनको साथमा रहेको सुनको सिक्री, औंठी र नगद ३० हजार रुपैयाँ लुटिएको स्थानीय राजन लिम्बूले जानकारी दिए ।

नारायण घाटमा खाना खाएर पूर्वतर्फ लागेपछि लुटेराहरूले उनलाई बेहोस बनाएको बुझिएको छ ।

ना ७ ख ४३८८ नम्बरको बसमा उनी लुटिएको र घटनाका बारेमा विर्तामोड प्रहरीलाई जानकारी गराइएको छ ।

विर्तामोड बस पार्कबाट उनलाई बेहोस अवस्थामा भेटेर कन्काई अस्पताल भर्ना गरिएको राजनले सेतोपाटीलाई बताए ।

श्रीमानलाई लिन टीकारामकी श्रीमती राधिका लिम्बू पनि इलामबाट विर्तामोड आएकी थिइन् ।

वैदेशिक रोजगारबाट घर फर्किएका श्रीमानलाई बेहोस अवस्थामा विर्तामोड बसपार्कमा भेटेपछि राधिकाले प्रशासनसँग गुहार मागेकी छन् । टीकारामको अहिले पनि कन्काई अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...