हिउँका कारण अवरुद्ध भएको त्रिभुवन राजपथ सञ्चालन

Road 12111

हेटौँडा । हिउँका कारण अवरुद्ध भएको त्रिभुवन राजपथ सञ्चालनमा आएको छ । शुक्रबार रातभरको वर्षासँगै परेको हिउँका कारण अवरुद्ध सिमञ्ज्याङ–दामान सडक खण्डमा शनिबार दिउँसो १ बजेबाट सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हिउँका कारण सडकमा साना तथा ठूला सवारी सञ्चालनमा समस्या भएसँगै उक्त सडकखण्ड अवरुद्ध भएको थियो ।

अहिले उक्त क्षेत्रमा हिउँ खेल्न काठमाडौं, हेटौँडा तथा अन्य स्थानबाट आएकाहरूले सिमभञ्ज्याङ तथा दामन क्षेत्र भरिएको छ ।

विशेगरी सिमभञ्ज्याङको मैत्री बगैँचा र दामनको भ्युटावर क्षेत्र हिउँले सेताम्मे भएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...