वर्षासँगै हिमपातका कारण जनजीवन प्रभावित

Himpaat manang

लमजुङ । मनाङमा वर्षासँगै हिमपात भएको छ ।

बुधबार साँझ ६ बजेबाट वर्षासँगै हिमपात भएको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले जानकारी दिए ।

‘बुधबार साँझदेखि वर्षासँगै हिमपात भइरहेको छ,’ उनले भने, ‘अहिले भने चामेमा पानी परिरहेको छ, डाँडाकाँडामा हिमपात छ ।’

हिमपातका कारण सडक अवरुद्ध हुँदा खाद्यान्न, तरकारीलगायतका अत्यावाश्यक सामान ल्याउन समस्या भएको छ ।

दानाक्युसम्म सडक खुलेको भए पनि जिल्लाको अरु ठाउँमा सडक अवरुद्ध रहेको उनले बताए । चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...