दानी पिपलमा ४ सय केभी प्रसारण लाइनको सब स्टेशन बन्दै

Light prasaran line

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–७ दानी पिपलमा ४०० केभी प्रसारण लाइनको सवस्टेशन बन्ने भएको छ ।

उत्पादन कम्पनीका प्रमुख मोहन पन्त, ग्रिड उत्पादन कम्पनी प्रमुख नेत्र ज्ञवाली, नलगाड जलविद्युत् आयोजनाका कार्यकारी निर्देशक रामकाजी थापा, सांसद गणेशप्रसाद सिंह, जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल र नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावललगायतले स्थानीयसँग जग्गा अधिग्रहणका विषयमा छलफल गरेका छन् ।

जाजरकोट, रुकुम र डोल्पा जिल्लामा बन्न लागेका विद्युत् आयोजनाको विद्युत् वितरण गर्नका लागि सवस्टेशन दानी पिपलमा निर्माण गर्न लागिएको नलगाड जलविद्युत् आयोजनाका इञ्जिनीयर पदम थापाले जानकारी दिए ।

रुकुमको उत्तरगङ्गा विद्युत् आयोजना, डोल्पाको दगदला, जाजरकोटको भेरी १, २, ३ र चिसापानी डाँडागाउँ विद्युत् आयोजना, ताँसुगाड आयोजना र नलगाड जलविद्युत् आयोजनाको विद्युत् वितरण गर्नका लागि दानी पिपलमा सवस्टेशन निर्माण गर्नका लागि स्थानीयसँग छलफल गरिएको हो ।

जमीन पक्का र सबैको बीचमा दानी पिपल भएकाले यहाँको १५० रोपनी जग्गा अधिग्रहण गर्न लागिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...