लगातार वर्षाका कारण भेडी गोठमा पहिरो जाँदा २३ भेडा मरे

Mirtu veda12

बझाङ । बझाङमा एउटा भेडी गोठ पहिरोले पुरिँदा २३ भेडा मरेका छन् ।

सुर्मा गाँउपालिका–१, का दानु बोहराको भेडी गोठ आइतबार गएको पहिरोले पुरेको हो ।

पहिरोमा परेर २३ भेडा मरेका स्थानीय बासिन्दा कलक बहादुर बोहराले बताए । भेडी गोठ माथि सडक भएका कारण केही दिन अघिदेखि लगातार परेको वर्षा र हिमपातले माटो गलेका कारण पहिरो गएको उनको भनाइ छ ।

माघ १३ गते मात्रै चार लाख पचास हजार रुपैयाँमा खरिद गरी ल्याएका भेडाहरु मरेपछि दानु बहादुर बोहरा र धर्मराज बोहरा चिन्तीत बनेका छन् ।

‘भेडा व्यवसाय गरेर जीविका चलाउने सोच थियो,’ दानु बहादुर बोहराले भन्नुभयो, ‘सबै सपना चकनाचुर भयो ।’

आर्थिक स्थिति कमजोर भएका बोहराका दुई दाजुभाइले साहुसँग झण्डै चार लाख ५० हजार ऋण निकालेर भेडा किनेका थिए ।

पहिरोमा झण्डै २ लाख ३० हजार बराबरको क्षति भएको बोहराको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...