बाढी प्रभावित गाउँपालिकामा जोखिम न्यूनीकरण तथा उद्धार सामग्री वितरण

Badhi samagri

नेपालगञ्ज । बाढी र डुबानबाट अति प्रभावित बाँकेको डुडुवा गाउँपालिका कार्यालयलाई विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण तथा उद्धार सामग्री हस्तान्तरण गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा विपद् पूर्वतयारी तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रम र आपतकालीन स्वास्थ्य सेवा प्रतिकार्य क्षमता अभिवृद्धि कार्यक्रमको सहयोगमा खोज तथा उद्धार र आपतकालीन स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

गाउँपालिकालाई रु छ लाख बराबरको खोज तथा उद्धार र आपतकालीन स्वास्थ्य सामग्री, रबरबोट र आपतकालीन स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष मदन भुजेल र नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्धनसिंह सम्झनाले संयुक्तरुपमा गाउँपालिका अध्यक्ष एवं स्थानीय विपद् व्यवस्थापन समितिका संयोजक नरेन्द्रकुमार चौधरीलाई सो सामग्री हस्तान्तरण गरे ।

प्रमुख जिल्ला अधिकारी भुजेलले यस्ता सामग्रीले समयमै खोज तथा उद्धार गरी मानवीय क्षति हुनबाट बचाउनका लागि ठूलो मद्दत पुग्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...