जिल्ला अदालतद्धारा बहुविवाह गर्ने व्यक्तिलाई एक वर्ष कैद

Karagar

सप्तरी । जेठी श्रीमतीलाई घरनिकाला गरी बहुविवाह गर्ने डाकनेश्वरी नगरपालिका–१ का ३४ वर्षीय जयराम साहलाई जिल्ला अदालतले एक वर्ष कैद सजायको फैसला गरेको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको एकल इजलाशले जयरामसँगै उनकी कान्छी श्रीमती २३ वर्षीया रुवनकुमारी साहलाई समेत एक वर्ष कैद सजायको फैसला गरेको छ ।

जयरामले कुटेर घरनिकाला गरेपछि भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा २०७२ फागुन १२ गते रुबनकुमारीसँग दोस्रो विवाह गरेपछि जेठी श्रीमती सञ्जुदेवीले श्रीमान् विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

उजुरीका साथ पीडितले विवाह दर्ता, छोराको जन्मदर्ता र दोस्रो विवाह गर्दा काटेको कङ्कालिनी भगवती मन्दिरको रसिद पेश गरेकी थिइन् ।

पीडितले नाबालक छोराको हकमा संरक्षक भई आफ्नो हकमा समेत माग गरेको मानाचामल खर्चवापत अभियुक्तबाट मासिक रु तीन हजार भराई पाउने गरी जिल्ला अदालतले फैसला गरेको छ ।

सामाजिक परम्पराअनुसार सात वर्षअघि विवाह गरेकी सञ्जुदेवीका पाँच र तीन वर्षका दुई छोरा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...