कृषि विज्ञान क्याम्पस अब बागलुङमा सञ्चालन हुँदै

Baglung

गलकोट । स्थानीय सरकारको साझेदारीमा बागलुङमा कृषि विज्ञान क्याम्पस सञ्चालन हुने भएको छ ।

बागलुङ नगरपालिकाको साझेदारीमा पोखरा विश्व विद्यालयको सम्बन्धनमा क्याम्पस सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ ।

कृषि विज्ञान क्याम्पस सञ्चालनका लागि आवश्यक जग्गा व्यवस्थापन तथा भौतिक पूर्वाधार निर्माणको सुनिश्चितता नगरले गर्ने गरी क्याम्पस सञ्चालन गर्न लागिएको हो ।

बागलुङमा स्नातक तहको कृषि विज्ञान क्याम्पस सञ्चालनका लागि आवश्यक जग्गा व्यवस्थापन भइसकेकोे नगर प्रमुख जनकाराज पौडेलले जानकारी दिए ।

‘कृषिमा दक्ष जनशक्ति उत्पादनका लागि क्याम्पस सञ्चालन गर्न आवश्यक प्रक्रियाको टुङ्गो लागएका छौँ’, उनले भने, ‘नगर कार्यपालिकाबाट निर्णय गरेर क्याम्पस सञ्चालनका लागि पोखरा विश्वविद्यालय पठाइएको छ ।’

पोखरा विश्वविद्यालयले क्याम्पस सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन सहमत भएको छ । नगरले क्याम्पस सञ्चालनका लागि आवश्यक २० रोपनी जग्गा प्राप्त गरिसकेको छ ।

अन्य जग्गाको व्यवस्थापनका लागि अन्तिम टुङ्गो लाग्न बाँकी छ । बागलुङ नगरपालिका–४ निरयघाटमा पन्त गुठीको नाममा रहेको व्यक्तिगत जग्गा नगरपालिकाले निःशुल्क लिएर क्याम्पस निर्माण गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो ।

जग्गा दातासमेत क्याम्पस सञ्चालनका लागि नगरपालिकालाई जग्गा प्रदान गर्न इच्छुक रहेको बताइएपछि क्याम्पस सञ्चालन गर्ने तयारी थालिएको थियो ।

निरयघाट बागलुङ, म्याग्दी र पर्वतका विद्यार्थीलाई पायक पर्ने स्थान भएको प्रमुख पौडेलले बताए ।

गैरनाफामूलक शैक्षिक संस्थाका रुपमा विकास गर्नका लागि स्थानीय सरकारको साझेदारीमा क्याम्पस सञ्चालन गर्न लागिएको बागलुङ नगरपालिका र पोखरा विश्वविद्यालयका मध्यस्थकर्ता निर्मल सापकोटाले बताए ।

ललितपुरस्थित खोपा क्याम्पसको मोडेलमा कृषि विज्ञान क्याम्पस सञ्चालन गरिने सापकोटा बताछन् ।

महङ्गो शुल्कमा प्राविधिक शिक्षा अध्ययन गर्नका लागि विभिन्न ठाउँमा भौतारिनुपर्ने अवस्थाको अन्त्य हुने सापकोटाको भनाइ छ । क्याम्पसमा हाल ५० विद्यार्थीलाई अध्यापन गराइनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...