हज गर्न मक्का जाने हजयात्रीलाई सरकारले आवश्यक सहयोग गर्ने

Pm ofice

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेपालबाट हज गर्न मक्का जाने हजयात्रीको संख्या दोब्बर पार्ने सरकारको प्रयास रहेको बताएका छन् ।

विगतमा एक हजार २०० यात्री हज गर्न मक्का गएको जानकारी दिँदै उनले कम्तीमा पनि एक हजार हजयात्री थप्ने प्रयासमा सरकार लागेको उल्लेख गरे ।

नयाँ हज कमिटीको काठमाडौँमा आज बसेको पहिलो बैठकमा गृहमन्त्री थापाले साउदी अरेबियाका राजदूतसँग योे विषयमा छलफल गरेको बताए ।

उनले हजयात्रालाई व्यवस्थित गर्न ठोस योजनाका साथ अघि बढ्न नयाँ कमिटीलाई आग्रह गरे । यसलाई सफल पार्न सरकारले आवश्यक सहयोग गर्ने पनि उनले आश्वासन दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...