सामुदायिक विकास केन्द्रको सहयोगमा खानेपानी आयोजना निर्माण शुरु

Water 2

हेटौँडा । सामुदायिक विकास केन्द्र नेपालको सहयोगमा थाहा नगरपालिकामा रु दुई करोड ५६ लाखको लागतमा खानेपानी आयोजना निर्माण शुरु गरिएको छ ।

सो आयोजनाअन्तर्गत पानी ट्याङकीका साथै ६८८ धारा निर्माण गरिने जानकारी दिँदै केन्द्रका संयोजक सन्तोष ढकालले नगरपालिकाको वडा नं १० का बासिन्दाले झेल्दै आएको खानेपानी समस्या यस आयोजनाबाट समाधान हुने बताए ।

आयोजना निर्माणका लागि १० प्रतिशत रकम स्थानीय तहले व्योहर्ने कार्यक्रमअन्तर्गत वडा नम्बर १० बाट रु १५ लाख विनियोजन भएको छ ।

खानेपानीका लागि उक्त वडाको फिसिङखेलको धारा चौउरमा बोरिङ गरी खानेपानी निकालिने र धारामा मिटर जडान पानी वितरण जनाइएको छ ।

विसं २०७२ को भूकम्पपछि पानीको स्रोत सुक्दै गएकाले खानेपानीको समस्या बड्दै गएको वडाध्यक्ष हीराबहादुर गमालले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...