महांकाल मन्दिर जीर्णोद्धारका लागि करीब २९ लाख सहयोग संकलन

Money 3

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–८ डाँडागाउँस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको महांकाल मन्दिर जीर्णोद्धारका लागि दाताबाट रु २९ लाख ३४ हजार ८५९ सहयोग सङ्कलन भएको छ ।

मन्दिर परिसरमा माघ ११ गतेदेखि १९ गतेसम्म लगाइएको श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञमा दाताबाट सो सहयोग जुटेको हो । महाङ्काल मन्दिरको जीर्णोद्धार र मन्दिर परिसरमा रहेको खाली जमीनमा विविध प्रयोजनका लागि सामुदायिक कक्षको निर्माणार्थ श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ आयोजना गरिएको थियो ।

मुख्य मन्दिरको जीर्णोद्धारसँगै मन्दिर परिसरमा मूर्ति स्थापना, नियमित पूजा, पूजारीको व्यवस्था, मन्दिर प्रवेशद्वार निर्माण, भजनकीर्तन तथा प्रवचनकक्ष, यज्ञमण्डप आदि निर्माणको लक्ष्य छ ।

आगामी फागुनमै निर्माणको थालनी गरिने श्रीमद्भागवत ज्ञान महायज्ञ सञ्चालन मूलआयोजक समितिका अध्यक्ष चन्द्र नगरकोटीले जानकारी दिए । महायज्ञमा खर्च भने रु नौ लाख ५१ हजार ५३० खर्च भएको समिति सदस्य राजेश दाहालले बताए ।

संस्कृतिविद् प्रा डा ऋषिराम पोखरेलले महायज्ञको समापन गर्दै पूर्वीय सभ्यता उत्कृष्ट भएकाले यसको जगेर्ना गर्नु सबैको कर्तव्य भएको सुनाए । महायज्ञ अवधिभर हिन्दूसँगै बौद्ध धर्मावलम्बीको समेत सहभागिता थियो ।

प्रामाणिक राजा मानदेवको कार्यकालमा उनकै निर्देशनमा राजधानीको पूर्वी क्षेत्रमा महाङ्कालसहित श्री गणेश, श्री चामुण्डादेवी र अर्घौतेश्वर महादेवको स्थापना गरिएको संस्कृतिविद् गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...