जिल्ला अस्पतालद्धारा निःशुल्क हाइड्रोसिलको उपचार

Hydrosil

नुवाकोट । त्रिशूली जिल्ला अस्पतालले हाइड्रोसिलबाट ग्रसितको उपचार सहज रुपमा गर्न सञ्चालन गरेको कार्यक्रमबाट ४४ जना लाभान्वित भएका छन् ।

अस्पतालले हाइड्रोसिलका कारण बिरामीको निःशुल्क उपचार गर्न तीनदिने कार्यक्रम सञ्चालन गरेको थियो ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट देवकी खतिवडाले उपचारका लागि आएका केही बिरामीको उच्च रक्तचापलगायत विभिन्न शारीरिक समस्याको कारण उपचार हुन नसकी फर्काउनुपरेको बताए ।

अस्पतालले एक बिरामीको उपचारका लागि रु ६ हजार खर्च गरेको थियो । अस्पतालका अध्यक्ष अर्जुन न्यौपानेले अस्पतालले यस वर्ष शल्यक्रिया गर्न छुटेका र थाहा नपाएर अस्पताल नआएकाहरुलाई लक्ष्य गरी अर्को वर्ष पनि कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख राममणि अधिकारीले जिल्लामा एक हजार ५०० भन्दा बढी मानिस हाइड्रोसिलबाट पीडित रहेको हुन सक्ने विभिन्न तथ्याङ्कबाट देखिएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...