सडकको धुलोका कारण विद्यार्थीको पठनपाठन प्रभावित

Scholl5

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारको कालीपुलस्थित बाल मन्दिर आधारभूत विद्यालयका विद्यार्थी सडकको धुलोका कारण हैरानी व्यहोर्न बाध्य भएका छन् ।

सडकबाट सिधैँ  कक्षा कोठामा धुलो पस्दा विद्यार्थीको पठनपाठन प्रभावित हुनुका साथै स्वास्थ्यमा समेत समस्या देखिएको छ ।

विद्यालय अगाडि रहेको कच्ची सडक र सडकमा गुड्ने सवारीसाधनले उडाएको धुलो सिधैँ कक्षा कोठामा पस्ने गरेको छ ।

झ्याल लगाएर कक्षा कोठामै माक्स लगाउँदासमेत धुलोबाट बच्न नसकिएको विद्यार्थीको गुनासो छ । विशेषगरी कक्षा ८ मा अध्ययरत विद्यार्थीले दैनिकजसो सडकबाट उडेको धुलोले हैरानी खेप्नुपरेको गुनासो गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...