प्रहरीद्धारा लागुऔषधसहित एक महिला पक्राउ

Pakrau mahila

कैलाली । तेइस ग्राम ब्राउनसुगरसहित कैलालीको जानकी गाउँपालिका–५ अमौरीबाट एक महिला पकाउ परेकी छन् ।

भारतको तिकुनियाबाट लुकाइछिपाइ लम्कीतर्फ ल्याउँदै गरेको अवस्थामा लागुऔषध ब्राउनसुगरसहित ती महिलालाई इलाका प्रहरी लम्कीले शनिबार पक्राउ गरेको हो ।

लम्कीचुहा नगरपालिका–१ राजीपुरकी तारा शाहीलाई से ७ प २५५९ नं को स्कुटरसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र जोशीले जानकारी दिए ।

लागुऔषधसहित पक्राउ परेकी शाहीलाई प्रहरीले जिल्ला चलान गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...