स्थानीय बासिन्दालाई गाउँमै निःशुल्क आँखा शिविर सेवा

Aankha sibir

लम्की । स्थानीय बासिन्दालाई गाउँमै उपचार सेवा दिने उद्देश्यले कैलालीको लम्कीस्थित भुरुवामा निःशुल्क आँखा उपचार शिविर आयोजना भएको छ । शिविरमा एक दिनमै शनिबार एक हजार ५७५ ले सेवा लिएका छन् ।

‘गाउँमा पहिलो पटक निःशुल्क शिविर आयोजना भयो, गाउँमै उपचार पाइने भएपछि स्थानीयवासी खुशीसाथ उपचार गराएका छन्’, स्थानीयवासी देवानन्द जैसीले भने, ‘यहाँका मानिसले उपचार सेवा लिन टीकापुर या धनगढी जानुपर्ने बाध्यता छ ।’

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लम्की र च्यारिटी अफ हेल्थ सोसाइटीको आयोजना तथा धनगढी नेत्रालयको प्रविधिक सहयोगमा आँखा शिविर आयोजना गरिएको हो ।

‘स्थानीयवासीको समस्यालाई ध्यानमा राखेर आँखा शिविर गर्ने निर्णय लियौँ, एक हजार ५७५ ले निःशुल्क उपचार सेवा लिए’, किसान सहकारी संस्था लम्कीका महाप्रबन्धक डम्बर शाहले भने, ‘उपचार सेवा लिनेमा ९४५ महिला र ६३० पुरुष छन् ।’

शिविरमा उपचार गराएका मध्ये २६२ लाई आँखाको मोतियाविन्दु र मासु पलाएको भेटिएकाले थप उपचारका लागि निःशुल्क शल्यक्रिया गर्न धनगढी सिफारिश गरिएको छ ।

शिविरमा आँखा जाँच गर्न आएका ५९० लाई निःशुल्क चश्मासमेत वितरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...