बैतडीका आमाहरुले पाएनन सुत्केरी भत्ता

Sutkeri vatta

बैतडी । स्वास्थ्य संस्थामा बच्चा जन्माउने वित्तिकै सुत्केरी आमाले पाउनुपर्ने सुत्केरी भत्ता बैतडीका आमाहरुले पाउन सकेका छैनन् ।

सरकारले स्वास्थ्य संस्थामा बच्चा जन्माएवापत रु दुई हजार र सरकारको मापदण्ड अनुसार चार पटक जाँच गराएमा पाउनुपर्ने रु आठ सय चालू आर्थिक वर्षमा वितरण हुन नसकेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

स्वास्थ्य संस्थामा बच्चा जन्माउने वित्तिकै आमालाई सुत्केरी भत्ता दिनुपर्ने नीति भए पनि सुत्केरी भत्ता वितरण गर्न नसकिएको हो ।

जिल्लाका १० वटै स्थानीय तहमा सुत्केरी भत्तावापतको रकम अपुग भएकाले सुत्केरी भत्ता वितरण गर्न नसकेको सम्बन्धित स्थानीय तहका स्वास्थ्य संयोजकले जनाएका छन् ।

सुत्केरी भत्ता समयमै वितरण गर्न नसक्दा सुत्केरी आमा रिसाउने गरेको चौखाम स्वास्थ्यचौकीका इन्चार्ज हेमन्तसिंह साउदले जानकारी दिए । स्वास्थ्य संस्थामा बच्चा जन्माउने वित्तिकै पाउनुपर्ने सुत्केरी भत्ता वितरण गर्न नसक्दा अब गाउँगाउँ गएर वितरण गर्नुपर्ने भएकाले समस्या हुने उनले बताए ।

यस्तै पुर्चौंडी नगरपालिकाले गएको वैशाखदेखि सुत्केरीभत्ता वितरण गर्न सकेको छैन् । सुत्केरीका लागि आएको रकम अपुग भएकाले समयमै वितरण गर्न नसकिएको पुर्चाैंडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले जानकारी दिए ।

स्थानीय तहमा सुत्केरी भत्तावापतको रकम कम आएकाले वितरण गर्न नसकिएको मेलौली नगरपालिकाका स्वास्थ्य संयोजक नारायण चन्दले बताए ।

सरकारले स्वास्थ्य संस्थामा बच्चा जन्माएवापत आमाले रु एक हजार पाउने गरेकोमा चालू आर्थिक वर्षमा त्यसलाई बढाएर रु दुई हजार पाउने व्यवस्था गरेको थियो ।

तर सुत्केरीले पाउने भत्ता गत वर्षको भन्दा कम निकासा भएको स्थानीय तहले जनाएका छन् । सुत्केरी भत्ता नपाउँदा सेवाग्राही भने रुष्ट बनेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...