एकतर्फी रुपमा २४ दिनपछि डा. केसीको अनसन स्थगित
काठमाडौं । अनसन सुरु गरेको २४ दिनपछि डा. गोविन्द केसीले एकतर्फी रुपमा अनसन तोड्ने भएका छन् ।
केसीलाई पछिल्लो समय अनसन तोड्न चौतर्फी दबाव परेको थियो । डा. केसीले माग गर्दै आएको चिकित्सा शिक्षा विधेयक प्रतिनिध सभा र राष्ट्रिय सभाबाट पारित भएपछि डा. केसीले एकतर्फी रुपमा अनसन तोड्न लागेका हुन् ।
केसीले शुक्रबार बेलुका ७ बजे त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलमा पत्रकार सम्मेलन गरेर अनसन स्थगित गर्ने जानकारी गराएका हुन् ।
आफूसँग १५ औं अनसनका क्रममा भएको सहमति पालना गरी चिकित्सा शिक्षा विधेयक पारित गर्न माग गर्दै अनसन बसे पनि सरकारले अनसनको बेवास्ता गर्दै संसदमा विधेयक पेश गरेको थियो ।
पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना, चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्च स्तरीय कार्यदलका अध्यक्ष केदारभक्ता माथेमा लगायतले अनसन तोड्न केसीलाई छुट्टाछुट्टै रुपमा आग्रह गरेका थिए ।
प्रतिकृया दिनुहोस