खोटाङको जालपामा आठौँ लाटोकोसेरो तथा हुचिल उत्सव सुरु

Laatokosero

खोटाङ । खोटाङको जालपामा आठौँ लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको छ ।

अन्तराष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२, जालपा वडा कार्यालय र प्रकृतिका साथीहरु नामक संस्थाको सहकार्यमा जालपामा शुक्रबारदेखि दुई दिने नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको हो ।

प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले ढाकिएको हुचिलस्तम्भ खोलेर उत्सव उद्घाटन गरेका हुन् । ‘किसानको साथी’का रुपमा रहेको र प्राकृतिक सन्तुलन कायम गर्नमा भूमिका निर्वाह गरिरहेको लाटोकोसेरो तथा हुचिल संरक्षणमा टेवा पु¥याउनका लागि जालपामा उत्सवको आयोजना गरिएको हो ।

लाटोकोसेरो तथा हुचिल उत्सवका कारण जालपामा चहलपहल बाक्लो भएको लाटोकोसेरो तथा हुचिल उत्सव आयोजक मूल समितिका संयोजक एवं वडाध्यक्ष विकास राईले बताए । लाटोकोसेरो तथा हुचिल उत्सवस्थलमा जिल्ला तथा जिल्ला बाहिरका स्थानीयको सहभागिता रहेको छ ।

अवैध चोरीनिकासी, वन विनास, विषादिको प्रयोग लगायतका कारण लोपोन्मुख अवस्थामा पुगेको लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि सचेतना जगाउन उत्सवको आयोजना गरिएको प्रकृतिका साथीहरुका कार्यकारी निर्देशक राजु आचार्यले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...