हिटर ताप्दा होस पुर्‍याऔँ, ज्यान लिन सक्छ

Hiter 900x540

काठमाडौं ।  चिसो मौसममा हिटर प्यारो हुन्छ । चिसोका कारण कतिपय ठाउँमा जनजीवन प्रभावित भइरहेको छ । जाडो छल्नका लागि भनेर ब्लोअर वा हिटर प्रयोग गरिन्छ । तर, यी सामान उपयोग गर्न नजान्दा स्वास्थ्यमा असर पर्ने मात्र नभएर दुर्घटनासमेत हुन सक्ने भएकाले ध्यान दिन जरुरी छ ।

-हिटरबाट उत्पन्न हुने कार्बन मोनोक्साइड ग्यास स्वास्थ्यका लगि हानिकारक हुन्छ । यसर्थ, कोठा बन्द गरेर हिटर कहिल्यै पनि बाल्नु हुँदैन ।
-हिटरलाई वेलावेलामा बन्द गर्ने गर्नुपर्छ । र, प्रयोग नभएको समयमा झनै यसलाई सधैँ बन्द गर्न आवश्यक छ । राति सुत्ने वेला पूर्ण रूपमा हिटर बन्द गर्नुपर्छ ।
-नजिकै बसेर हिटर ताप्नु हुँदैन । यसले छाला सुक्खा हुने, आँखामा समस्या आउने र नाकको रक्तनली फुट्नेजस्ता समस्या देखा पर्छन् ।
-बालबालिकाको पहुँच पुग्ने ठाउँ वा बाटोमा हिटर कहिल्यै राख्नु हुँदैन ।
-मुटु, श्वासप्रश्वासजस्ता रोगका बिरामीले हिटर प्रयोग गर्नु हुँदैन ।
-पानी, चिया, कफीजस्ता पेयपदार्थ पिउँदै हिटर ताप्नु उचित हुन्छ । यसले छाला सुक्खा हुने समस्याबाट बचाउँछ ।
-आगोले टिप्ने वस्तु हिटरअगाडि राख्नु हुँदैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...