शुक्रबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

Chikitsak

काठमाण्डौ  । डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न सरकार गम्भीर नदेखिएको भन्दै नेपाल चिकित्सक संघले शुक्रबार आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेको छ ।

राष्ट्रिय सभा बैठकले पनि राष्ट्रिय चिकित्सा विधेयक पारित गरेपछि संघका महासचिव लोचन कार्कीले बिहीबार विज्ञप्ति निकालेर आकस्मिक बाहेक देशभरका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गर्नुभएको हो ।

शान्तिपूर्ण विरोधका कार्यक्रमलाई समेत खल्बल्याउने प्रयास भएको भन्दै संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चिकित्सक संघले डाक्टर केसीको मागमा समर्थन जनाउँदै त्रिवि शिक्षण अस्पतालमा रिले अनसन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...