सुत्नुअघि गर्नुस् यी पाँच काम, आउनेछ राम्रो निद्रा
काठमाडौं । आजकल धेरै मानिस अनिद्राको समस्याको सामना गरिरहेका छन् । निद्रा नआउने अनेकौं कारण हुन सक्छन् ।
अधिक तनाव र कामको दबाबका कारण पनि मानिस राम्ररी सुत्न नसक्ने हुन सक्छ । तर तपाईंलाई हरेक रात सुत्न समस्या भएमा चाहिँ इन्सोम्निया हुन सक्छ ।
सुत्न समस्या भएमा यहाँ बताइएका टिप्स अपनाएर आनन्दको निद्रा पाउनुहुन्छ ।
मनतातो पानीले नुहाउने
दिनभरि काम गरेर थाकेपछि मनतातो पानीले नुहाउँदा शरीरले आराम पाउँछ अनि राम्रो निद्रा लाग्छ । सुत्नुभन्दा दुई घन्टाअघि मनतातो पानीले नुहाउनुभयो भने शरीरको तापक्रम सामान्य हुन्छ । अनि राम्रो निद्रा लाग्छ ।
ल्याभेन्डरको तेल
मूड राम्रो राख्न अनि राम्रो निद्रा ल्याउन ल्याभेन्डरको तेल गजब हुन्छ । हत्केलामा ल्याभेन्डरको तेलका केही थोपा लिएर सुँघ्नुभए हुन्छ ।
तातो दूध र मह
जाडोमा तातो दूध र मह सेवन गर्दा राम्रो निद्रा लाग्छ । दूधमा अमिनो एसिड ट्रिप्टोफ्यान पाइन्छ र यसले प्राकृतिक रूपमा व्यक्तिलाई शान्ति र आनन्दको अनुभव गराउँछ ।
हर्बल चिया
राति सुत्नुअघि हर्बल चिया पिउँदा अनेकौं फाइदा हुन्छन् । यसको सेवनले शरीरलाई शान्ति प्राप्त हुन्छ र राम्ररी निद्रा लाग्छ ।
म्याग्नेसियम
राम्रो स्वास्थ्यका लागि म्याग्नेसियम मिनरलको ठूलो महत्त्व छ । यसले मांसपेशीहरूलाई आराम दिन्छ । अनि तनाव पनि कम गर्छ । अनेकौं अध्ययनका प्रतिवेदनहरूले म्याग्नेसियम व्यक्तिको निद्रा चक्रका लागि लाभदायक रहेको देखाएका छन् । ओखरमा म्याग्नेसियम हुन्छ ।
सुत्नुअघि यी गल्ती नगर्नुस् :
सुत्नुअघि क्याफिन र अल्कोहल सेवन नगर्नुस् ।
राति जहिले पनि हलुका खाना खानुस् ।
सुत्नुभन्दा दुई घन्टा पहिले खाना खाइसक्नुस् ।
सुत्नुअघि टीभी र मोबाइल नचलाउनुस् ।
एजेन्सी
प्रतिकृया दिनुहोस