१२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य ‘उच्च जोखिम’ मा

Kc

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै १२ दिनदेखि आमरण अनशनमा रहेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको आईसीयुमा भर्ना भएका केसीको स्वास्थ्यमा संक्रमणको उच्च जोखिम रहेको चिकित्सकले बताएका छन् । उनको शरीरमा सेतो रक्तकणिका संख्या ३ हजारमा झरेको छ ।

संक्रमणको जोखिम ध्यानमा राखेर केसीलाई स्वास्थ्य टोली बाहेक कसैसँग भेट्न दिइएको छैन । अस्पतालले केसीलाई एन्टिबायोटिक दिई निमोनियाको उपचार गरिरहेको जनाएको छ ।

चिकित्सा शिक्षाको विषयलाई लिएर पुस २५ देखि इलाममा १६औँ पटक अनशनमा बसेका डा. केसीलाई इलामबाट बिहीबार मात्रै काठमाडौं ल्याइएको थियो ।

सरकारले आफूसँग गरेका सहमति कार्यान्वयन नगरेको, संसदीय समितिले तयार पारेको चिकित्सा शिक्षा विधेयकमा सहमतिको मर्म विपरित रहेकोलगायत माग गर्दै डा. केसीले इलाममा आमरण अनसनमा बसेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...