ग्लोबल आइएमई बैंकको क्रमसः खुल्दैछ कालो कर्तुत

Global ime bank

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफुलाई सक्षम र ठूलो बैंक मान्दै आएको छ । तर, एक वर्षमा २ करोड राजस्व छलेको भेटिएको छ ।

बैंकले आर्थिक वर्ष २०७०/०७१ मा एक वर्षमै २ करोड राजश्व छल्ने प्रयास गरेको प्रमाण ठूला करदाता कार्यालयले फेला पारेपछि ग्लोबल आइएमइ बैंकको कालो कर्तुत खुलेको हो ।

ठूला करदाता कार्यालयले गर्ने अडिटका क्रममा स्वयं कर घोषणा गर्न पाउने अधिकारअन्तर्गत बैंकले तोकेको कर कम पाइएपछि करछली प्रयासको खुलासा भएको हो । ग्लोबल आइमई बैंकले आव २०७०/०७१ मा १ अर्ब २ करोड ७१ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो । उक्त नाफा बाट बैंकले करिब २ करोड रुपैयाँ कर छल्ने प्रयास गरेको हो ।

निश्चित पूँजी भएका बैंकहरु ठूला करदाता कार्यालयअन्तर्गत पर्दछन् । उनीहरुले आफूले आर्जन गरेको नाफाको आधारमा स्वयं कर घोषणा गरी तिर्न पाउने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार बैंकले कर घोषणा गरे पनि तिर्नुपर्ने भन्दा न्यून दरमा घोषणा गरेको पाइएपछि पुनः कर निर्धारण भएको करदाता कार्यालयले जनाएको छ ।

बैंकको कर लेखापरीक्षण ४ वर्षपछि मात्रै हुने गरेको छ । ठूला करदाता कार्यालयले भरखरै मात्र आव २०७०/०७१ को लेखापरीक्षण सम्पन्न गरेको छ ।

बैंकलाई आर्थिक वर्ष २०७०/०७१ मा ठूला करदाता कार्यालयले १ करोड ९१ लाख १४ हजार ६ सय ६४ रुपैयाँ थप कर निर्धारण गरेको जनाएको छ । जसमध्ये कार्यालयले ८ लाख ५१ हजार ६ सय ९२ रुपैयाँ बराबरको थप मूल्य अभिवृद्धि कर र १ करोड ८२ लाख ६२ हजार ९ सय ७२ रुपैयाँ बराबरको अन्य कर थप माग गरेको हो ।

करदाता कार्यालयले तोकेको रकम चित्त नबुझेमा कार्यालय प्रमुखसमक्ष पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार ग्लोबल आइएमई बैंक पुनरावेदनका लागि माथिल्लो निकायमा पनि गुगिसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...