चालु आर्थिक वर्षमा १२ सय नयाँ स्वास्थ्य संस्था निर्माण गरिने
काठमाडौं । सरकारले चालु आर्थिक बर्ष २०७५/७६ मा १२ सय नयाँ स्वास्थ्य संस्था निर्माण गर्ने भएको छ । ७ प्रदेशको २४ सय वडामा स्वास्थ्य संस्था नरहेको अवस्थामा ती वडामा नयाँ स्वास्थ्य संस्था निर्माणका लागि योजना बनाइएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तथ्याङ्क संकलन गरी सहरी विकास मन्त्रालयमा पठाएको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा.सुरेन्द्र यादवले बताए ।
स्वास्थ्यमा सबैभन्दा पछि परेको कर्णाली प्रदेश र प्रदेश २ मा स्वास्थ्य संस्था निर्माणका लागि विशेष प्राथमिकता दिइएको राज्यमन्त्री डा.यादवले बताए ।
प्रतिकृया दिनुहोस