चिकित्सक संघले गर्‍यो डा. केसीको जीवन रक्षाको अपिल

Dr.govinada kc

काठमाडौं । नेपाल चिकित्सक संघले आमरण अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाका लागि विशेष पहल गर्न सरकारलाई आग्रह गरेको छ । सहमति कार्यान्वयनको माग राख्दै डा. केसी बिहीबारदेखि इलाममा १६ औं अनसन बसिरहेका छन् ।

चिकित्सक संघले सहमति कार्यान्वयन गर्नुको साटो डा. केसीलाई चिढाउने गतिविधि गरेर सरकारले आफ्नो गरिमा र प्रतिष्ठामाथि आँच पु¥याएको ठहर गरेको छ । संघले अनसनरत डा. केसीको जीवन रक्षाको अपिलसमेत गरको छ ।

१६ औं पटक अनसनमा बस्दा डा. केसीको शारीरिक अवस्था अत्यन्त कमजोर भएको र जनुसुकै बेला अप्रिय घटना घट्न सक्ने भन्दै संघका महासचिव डा. लोचन कार्कीद्धारा जारी विज्ञप्तीमा जीवन रक्षाका निम्ती विशेष पहल गर्न र अनसनलाई सदाका लागि अन्त्य गर्ने सुनिश्चित वातावरण तयार गर्न सरकारलाई आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...