हवाइ इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय

Oil

काठमाडौं । नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको छ । निगमले आज रातिबाट लागू हुने गरी मूल्य घटाउने निर्णय गरेको निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । भट्टराईका अनुसार हवाइ इन्धनको मूल्य घटाएपछि प्रतिलिटर ९४ रुपैयाँ ५० पैसामा बिक्री हुनेछ ।

अहिले प्रतिलिटर १ सय ४ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । स्वदेशी विमान कम्पनीहरूका लागि नयाँ दर निर्धारण गरिएको जनाइएको छ । निगमको ४९ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा मन्त्री मात्रिकाप्रसाद यादवले हवाइ इन्धनको मूल्य घटाउने विषयमा भएको निर्णय कार्यान्वयन गर्न मातहतका निकायलाई निर्देशन दिए । अन्तर्राष्ट्रिय उडान भर्ने विमान कम्पनीका लागि भने हवाइ भाडा पुरानै कायम हुने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...