डा. केसीको दावी, बहुमतको सरकारले जनता मार्ने काम गर्‍यो

5 5

काठमाडौं । डा. गोविन्द केसीले आफूसँग भएको सहमतिविपरित चिकित्साशास्त्र विधेयक अघि बढाएको भन्दै सच्चाउन माग गरेका छन् ।

सोमबार डा. केसीले पत्रकार सम्मेलन गर्दै आफ्नो १५ औँ सत्याग्रहका बेला संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयक निश्चित संशोधनसहित पारित गर्ने, उपत्यका बाहिर विभिन्न ठाउहरुमा सरकारी मेडिकल कलेजहरु खोल्नेलगायतका सहमतिविपरित विधेयक पारित गरेकोमा आपत्ति जनाएका हुन् ।

केसीले भने, ‘विधेयक अघि बढाउने क्रममा तथाकथित साम्यवादी नेता र उपसमितिका सदस्यहरुले चलखेल गरेर जनतामुखि बुँदा हटाएर माफियामुखी बुँदा थपेर विधेयक पारित गरेकोमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’

उनले अबको अनसन नेताबिरुद्ध हुने दाबी समेत गरे । केसीले भने, ‘बहुमतको सरकारले जनता मार्ने काम गरेको छ । माग जस्ताको त्यस्तै कार्यन्वयन गर्नु पर्छ नत्र अब बश्ने अनसन राजनीतिक नेताविरुद्ध हुनेछ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...