राम जानकीको विवाह सम्पन्न, विवाह पञ्चमी महोत्सव सम्पन्न हुँदै

Ufasrtnjwab3zutyfuf8

जनकपुर । सात दिवसीय ऐतिहासिक रामजानकी विवाह पञ्चमी महोत्सव बिहिबार सम्पन्न हुँदैछ ।

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा मिथिला संस्कृतिअनुसार सीता र रामको विवाह विधिपूर्वक सम्पन्न गरिएको छ । विवाह पञ्चमी महोत्सवको आज अन्तिम दिन राम जानकीको रामकलेवा सम्पन्न भएपछि साताव्यापी रुपमा मनाइएको विवाह पञ्चमी महोत्सव समापन हुने छ ।

रामकलेवामा राम, लक्ष्मण, भरत, शत्रुधन, सीता, उर्मिला, माण्डवी र श्रुतीकृतिलाई एकै ठाउँमा बसाएर खाना खुवाइएपछि महोत्सव सम्पन्न हुने छ । खाना खुवाउनका लागि जानकी मन्दिरको प्राङ्गणमा विशेष मण्डप बनाइको छ ।

रामकलेवाको अवसरमा मन्दिरको प्राङ्गणमा हजारौं सहभागी हुँदैछन् । जानकी मन्दिरको प्राङ्गणमा जानकी मन्दिरका महन्तले अयोध्याबाट आएका जन्तीलाई लत्ता कपडा, प्रसाद दिएर विदाई गर्नेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...