शेयर बजार स्थिर

Luxxxxx

काठमाडौं । फराकिलो अन्तरले घटेको शेयर बजार आइतबार भने थामिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार सामान्य विन्दुले बढेको हो ।

कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव नौ अङ्कले बढेर एक हजार १३१ दशमलव ७३ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने शून्य दशमलव शून्य छ विन्दुले घटेको छ ।

घटेको बजारमा कारोवार रकममा भने वृद्धि भएको छ । कूल १५६ कम्पनीको २१ लाख ३९ हजार ३४८ कित्ता शेयर ६३ करोड ७९ लाख ५४ हजार ९४८ रुपैयाँमा खरीद बिक्री भएको छ । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये चार उपसमूहको शेयर कारोवारमा वृद्धि भएको छ भने सात उपसमूहको कारोवार घटेको छ ।

विकास बैंक चार दशमलव सात, निर्जीवन बीमा ९२ दशमलव एक, अन्य शून्य दशमलव ४३ र जीवन बीमा कम्पनी १३ दशमलव ५७ विन्दुले बढेको छ। यस्तै बैंकिङ शून्य दशमलव दुई सात, व्यापार एक दशमलव १८, होटल दुई दशमलव शून्य चार, जलविद्युत् दुई दशमलव एक सात, वित्त एक दशमलव ८२, उत्पादन नौ दशमलव दुई एक, माइक्रोफाइनान्स आठ दशमलव ३१ विन्दुले घटेको छ ।

बजारमा विजय लघुवित्त वित्तीय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंक, युनाइटेड मोदी हाइड्रोपावरका लागानीकर्ताले कमाएका छन् । यस्तै रैराङ हाइड्रो पावर कम्पनी, मल्टिपर्पोज फाइनान्स कम्पनी, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था, गरिमा विकास लघुवित्त वित्तीय संस्थालगायतका शेयरधनीले गुमाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...