अनलाइन सेयर कारोबारको सुविधा आगामी २३ गतेदेखि

Exachange

काठमाडौं । आगामी २३ गतेदेखि अनलाइन सेयर कारोबारको सुविधा लगानीकर्ताले पाउने भएका छन् ।

कात्तिक २० देखि अनलाइन सुरू सेयर कारोबार भए पनि लगानीकर्ताले ब्रोकर कार्यालयमार्फत् कारोबार गर्दै आएका छन् ।

नयाँ प्रणाली भएकाले ब्रोकर कार्यालयलाई अभ्यस्त गराएपछि मात्रै लगानीकर्तालाई यो सुविधा दिइन लागेको हो ।

नेप्सेले अनलाइन कारोबारबारे लगानीकर्तालाई तालिम दिइरहेको छ । बिहीबारसम्म दिउँसो ३ र शुक्रबार १२ बजे नेप्सेमा गई लगानीकर्ताले तालिम लिन सक्छन् ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले तालिम दिइसकेपछि २३ गतेदेखि लगानीकर्तालाई ‘युजर नेम’ र ‘पासवर्ड’ प्रदान गरिने जानकारी दिए ।

बजार बन्द भएका बेला लगानीकर्तालाई भिडियो देखाएर तालिम दिने काम नेप्सेले गर्दै आएको छ । पराजुलीका अनुसार ५०(५० जनाको समूहलाई प्रत्येक दिन तालिम दिइँदै आएको छ । लगानीकर्तालाई घरमै बसेर पनि कारोबार गराउनका लागि भिडियो तयार गरिएको पराजुलीले बताए ।

अनलाइनबाट सेयर कारोबार गर्न लगानीकर्ताले सबैभन्दा पहिले ब्रोकर कार्यालयमा ‘केवाइसी अपडेट’ गराउनुपर्नेछ। केवाइसी अपडेट गराएपछि लगानीकर्तालाई दिइएको लिंकमार्फत् आफ्नो किनबेचको आदेश आफैंले पोष्ट गर्न सक्नेछन्। बीचैमा आदेश रद्द गर्न वा परिवर्तन गर्न पनि सकिनेछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...