बाबुले गरे आफ्नै नाबालिका छोरीको बलात्कार, २३ वर्ष कैद सजायको फैसला

Balatkari ko  aakha 1

सिन्धुपाल्चोक । आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई जिल्ला अदालत सिन्धुपाल्चोकले २३ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले अभियुक्तबाट पीडितलाई ७० हजार रुपैयाँ क्षतिपूर्ति भराउनेसमेत फैसाला गरेको श्रेस्तदार लेखनाथ पौडेलले जानकारी दिए ।

दुई वर्षअधि श्रीमतीको मृत्यु भएका अभियुक्तले मादकपदार्थ सेवन गरी सुतिरहेकी छोरीलाई जबरर्जस्ती करणी गरेका थिए । पटक/पटकको करणीबाट गर्भवती भएपछि २०७४ साल साउन २६ गते बाह्रबिसे ‘ङ’ ले जाहेरी गरेकी थिइन् ।

जाहेरीपछि ४६ वर्षीय प्रतिवादी बाह्रबिसे ‘घ’ विरुद्ध २०७४ भदौ २० गते नाबालक हाडनाता र जबरर्जस्ती करणीको तीन वटा छुट्टाछुट्टै मुद्दा दर्ता भएको थियो ।

श्रेस्तदार पौडेलका अनुसार साउनदेखियता सम्बन्ध विच्छेद र बलात्कार तथा बलात्कार प्रयास मुद्दामा वद्धि भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...