शरीरको कुन अंग फर्फराउँदा के हुन्छ ? बुझिराखौं

Meaning of organ reaction 6

काठमाडौं । हिन्दू शास्त्रमा विभिन्न अंग फर्फराउँदा हुने घटनाबारे लेखिएको छ । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै आशंका गरिरहेको हुन्छ । शरीरको विभिन्न अंग फर्फराउनुले भविष्यमा हुने घटनाबारे जानकारी दिन्छ ।

समुन्द्र शास्त्रका अनुसार हाम्रो शरीरका हरेक अंगको विशेष महत्व छ । हरेक अंग प्रत्यंगको चालले भविष्य र स्वभाव निर्धारण गर्छ । हाम्रो शरीरका अनेक अंगमा हुने प्रतिक्रियाले पनि विशेष अर्थ राख्छ ।

समुन्द्र शास्त्र अनुसार कुनै पनि अंग फरफराउँदा त्यसको विशेष अर्थ हुन्छ । सामान्यतः पुरुषलाई दायाँ अंगले राम्रो र महिलालाई बायाँ अंगले शुभ फल दिने समेत समुन्द्र शास्त्रको भनाइ छ ।

कुन अंग फरफराउँदा के अर्थ ?

१ गाला
समुन्द्र शास्त्रका अनुसार कुनै पनि ब्यक्तिको दुवै गाला फरफरायो भने धनलाभ हुन्छ ।

meaning of organ reaction 1

२ काँध
यदि दायाँ काँधमा फरफर भयो भने बुझ्नुस् तपाइँलाई फाइदा मिल्ने वाला छ ।

meaning of organ reaction 3

३ कन्चट
कहिले काँहि कन्चटमा पनि फरफर अनुभव हुन्छ । यदि कन्चट फरफरायो भने आर्थिक लाभ हुन सक्छ ।

meaning of organ reaction 4

४ निधारमाथिको भाग
निधारमाथिको भाग फरफरायो भने बुझ्नुस् तपाइँलाई सम्मान मिल्ने वाला छ । यसले भौतिक सुख र समृद्धी बढ्ने संकेत पनि गर्छ ।

meaning of organ reaction

५ बायाँ काँध
यदि कुनै पनि ब्यक्तिको बायाँ काँध फरफराउँछ भने त्यसले सफलताको संकेत गर्छ ।

 

६ निधारको तल्लो भाग

निधारको तल्लो भागमा फरफर गरेमा यसले पनि शुभ संकेत गर्छ । यसले तपाइँलाई बढुवा वा उच्च पद मिल्ने संकेत गर्छ ।

७ दायाँ खुट्टो

पुरुषको दायाँ खुट्टो फरफराएमा यसले अशुभ संकेत गर्छ । यसले मान सम्मानमा हानी हुने मानिन्छ ।

meaning of organ reaction 5

८ बायाँ खुट्टो

तपाइँको बायाँ खुट्टो फरफरायो भने यसले लामो यात्रा हुने संकेत गर्छ ।

 

९ दायाँ आँखा
पुरुषलाई दायाँ आँखा फर्किनुको अर्थ शुभ मानिन्छ । दायाँ आँखा फर्किँदा ब्यक्तिको चाहाना पुरा हुने समुन्द्र शास्त्रको भनाइ छ । स्त्रीका लागि दायाँ आँखा फरफराउनु अशुभ मानिन्छ ।

meaning of organ reaction 6

 

१० बायाँ आँखा

कुनै पनि पुरुषको बायाँ आँखा फरफराएमा अशुभ मानिन्छ । यसले तपाइँलाई नोकशानी हुने वा खराव खबर पाउने संकेत गर्छ । तर स्त्रीका लागि बायाँ आँखा फरफर गर्नु राम्रो मानिन्छ । यसले शुभको संकेत गर्छ ।

११ ओंठ

ओंठको दाइने भाग फरफरायो भने राम्रो खानेकुरा प्राप्त हुने संकेत गर्छ । नयाँ साथीसँग भेट हुने सम्भावना पनि हुने समुन्द्र शास्त्रको भनाइ छ । तर तल्लो भाग फरफरायो भने झगडा पर्ने संकेत गर्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...