ललितपुरको मुख्य सडकमा ‘स्मार्ट लाइट’ तयारी

Setlight

काठमाडौं । ललितपुर महानगरपालिकाले नगरभित्रका मुख्य सडकमा ‘स्मार्ट लाइट’ जडान गर्ने तयारी गरेको छ ।

अहिले सडक बत्ति जडान गर्ने स्थान पहिचान गर्ने काम भइरहेको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिएका छन ।
महर्जनका अनुसार सर्वसाधारणको आवतजावतमा सहज र सुरक्षित पार्न स्मार्ट लाइटको अवधारणा ल्याइएको हो ।

पुल्चोकदेखि ग्वार्कोको रुट, कुपण्डोलको इञ्जिनियरिङ कलेजदेखि पाटनढोका हूँदै मंगलबार, लगनखेल देखि धापाखेल, सानेपाका मुख्य मुख्य सडक, जावलाखेलदेखि बुङमतीसम्म, बाग्मतीदेखि लगनखेलसम्म स्मार्ट लाईट जडान गर्ने महानगरको योजना छ ।

पाटन लगायतका महत्वपूर्ण सम्पदा रहेका स्थलका सबै क्षेत्रमा स्मार्ट लाइट गर्ने महानगरको तयारी छ । यसका लागि ललितपुर महानगरले ८ करोड बजेट छुट्टाएको प्रमुख महर्जनले जानकारी दिए ।

लाइट जडानको सम्पूर्ण खर्च महानगरले व्यहोर्ने छ भने प्राविधिक र खरिद प्रक्रिया प्राधिकरणले गर्ने महर्जनले बताए । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...