दोहोरो अंकले नेप्सेमा गिरावट

Nepse

काठमाडौं । नेपाल स्टक एक्सचेजन्ज (नेप्से) परिसूचक आज पनि दोहोरो अंकले घटेको छ ।

१३.०३ अंकले घटेर नेप्से परिसूचक ११ सय ९२>७५ मा ओर्लिएको छ । कुल कारोबारमा भने तुलनात्मक रुपमा सामान्य सुधार आएको छ ।

१३१ कम्पनीका ४ लाख ४३ हजार ३५५ कित्ता शेयर १३ करोड ३८ लाख १९ हजार ४६२ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ । समूहगत सूचकतर्फ वित्त समूह सामान्य बढे पनि बाँकी सबै समूह सूचकमा गिरावट आएको छ ।

सबैभन्दा धेरै निर्जीवन बिमा समूह १०१ अंकले घटेको छ भने जीवन बिमा समूह करिब ९२ अंकले घटेको छ । बैंकिङ समूहमा १० अंकको गिरावट आएको नेप्सेले जनाएको छ ।

कारोबारमा अग्रता रहेको प्रभू बैंकको आज पनि १ करोड २५ लाख ९० हजार रुपैयाँको कारोबार भएको छ । दोस्रोमा स्ट्याण्डर चार्टर बैंकको ५८ लाख २८ हजार रुपैयाँको कारोबार भएको छ

प्रतिकृया दिनुहोस

साताको लोकपृय

शिक्षक आन्दोलनले विद्यालय भर्ना अभियान प्रभावित, १२ कक्षाको परिक्षा पनि प्रभावित हुने

Teacher aandolan ktm

काठमाडौं । सरकारले शैक्षिक सत्र २०८२ को भर्ना अभियान सञ्चालन गर्न स्थानीय तह र देशभरका विद्यालयला...