डाँका समुहको आक्रमणबाट बर्दियामा एकको मृत्यु, धनमाल लुटपाट

Goli prahar

बर्दिया । बर्दियाको बढैयातालमा आइतबार राति अज्ञात समूहले गोली हानेर एक व्यक्तिको हत्या गरेको छ ।

बढैयाताल गाउँपालिका–३,गोबरियापुरका ३५ वर्षीय मोहन खटिकको गोली प्रहारबाट हत्या भएको हो ।

घरमा सुतिरहेका खटिकलाई गोली प्रहार गरी लुटेरा समूहले घरमा रहेको ५० हजार रुपैयाँसमेत लुटि लगेका प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने समूहको पहिचान भएको छैन ।

गोली प्रहारबाट गम्भीर घाइते भएका खटिकको उपचारको क्रममा नर्सिङहोम नेपालगञ्जमा मृत्यु भएको सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टले जनाएको छ ।

खटिकको शव हाल अस्पतालमै छ । हत्या र लुटपाटमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...