२९ वर्षपछि छिमेकीका हत्यारा पक्राउ, दसैं प्रहरी खोरमा बित्ने

Hatya88

खोटाङ । लामो समयसम्म तुवाचुङ नगरपालिका १ बाहुनडाडाका चन्द्रबहादुर कार्की भारतमा बस्दै आएका थिए । उनी जग्गा बिवाद हुँदा छिमेकीको हत्या गरि फरार भएका थिए ।

२९ वर्षअघि छिमेकी ढकबहादुर कार्कीको हत्या गरि उनी फरार थिए । अपराध जतिसुकै लुकाउन खोजे पनि सम्भाव छैन भने झै दसैं मान्न आएको मौकामा प्रहरीले उनलाई पक्राउ गरेको छ ।

छिमेकीको हत्या गरि फरार भएका कार्की भारतमा ब्यबसाय गर्दै आएका थिये । उनी दसैं मान्न घर आएको मौका छोपी प्रहरीले सुनसरीको रामधुनी नगरपालिका ७ पन्चायनबाट पक्राउ परेका हुन् ।

उनलाई जिल्ला अदालत खोटाङले २०५७ साल जेठ १७ मा २० वर्षको कैद सजाय हुने फैसला सुनाएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...