नायिका दिपिका प्रसाई र रवि ओडको कैलालीमा नागरिक अभिनन्दन

Nagarik avhinnadan

धनगढी । चर्चित नायिका दिपिका प्रसाई र सांगीतिक रियालीटि शो नेपाल आयडको उत्कृष्ट ९ मा पुग्न सफल रवि ओडको कैलालीमा नागरिक अभिनन्दन गरिएको छ ।

गोदावरी नगरपालिकाको अत्तरियामा गोदावरी चेम्वर अफ कमर्सको आयोजनामा नेपाल नागरिक अभिनन्दन गरिएको हो । पुर्वमन्त्री एवम कैलाली क्षेत्र न ४ का सासंद लेख राज भट्ट ले ओडलाई खादा ओढाएर सफलताको शुभकामना दिए । यस्तै गोदावरी नगरपालिकाका मेयर हरि सिंह साउदले दुवै जनालाई शुभकामना दिए ।

ओडलाई भोट माग्दै पञ्चेबाजा सहित नगर परिक्रमा पनि गरिएको थियो भने नायिका प्रसाईले पनि अभिनयको माध्यमले अत्तरियाको नाम देशभरी चिनाएको भन्दै नगर परिक्रमा गरिएको हो । छक्का पन्जा ३ कि नायिका प्रसाईको घर अत्तरिया नै हो ।

नेपाल आईडल सिजन २ को उत्कृष्ट ९ भित्र पर्न सफल भएपछि गृह प्रदेश आएका रबिको स्वागतमा आइतवार पनि धनगढीमा स्वागत र्याली निकालिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...