बलात्कारीलाई सर्वस्वसहित जन्म कैदको मुद्दा चलाउन महान्याधिवक्ताको निर्देशन

Manika ka balatkari

काठमाडौं । धनुषाको औरही गाउँपालिकामा १० वर्षीया बालिका मनिका यादवको बलात्कारपछि हत्या भएको आरोपमा पक्राउ परेकालाई सर्वस्वसहितको जन्मकैदको मुद्दा दायर गर्न महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले निर्देशन दिएका छन्।

जनकपुरस्थित धनुषा जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिल कार्यालयको अनुगमनका क्रममा महान्यायाधिवक्ता खरेलले नयाँ ऐन कानूनअनुसार अभियुक्तलाई कडा कारवाही गर्नका लागि सर्वस्वसहितको जन्मकैदको मुद्दा दायर गर्नका लागि प्रहरी उपरीक्षक गोविन्द थपलियालाई निर्देशन दिएका हुन्।

महान्यायाधिवक्ता खरेलले धनुषाको औरही गाउँपालिका परवाहामा बलात्कारपश्चात् हत्या भएकी १० वर्षीया बालिका मनिकाका पीडित परिवारलाई आइतबार भेट गरेका छन्।

त्यस क्रममा खरेलले पीडित परिवारलाई आर्थिक सहयोग गर्दै पक्राउ परेका अभियुक्तलाई कडा कारवाही हुने बताए । धनुषा प्रहरीले मनिका हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका औरही–५ का ३२ वर्षीय विनोद मुखिया बीन र सोही गाउँपालिका–३ बस्ने ३० वर्षीय नथुनी पण्डितलाई आइतबार सार्वजनिक गरेको छ ।

पक्राउ परेका दुवैले पत्रकार सम्मेलनमा आफूहरुले मनिकाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन्। छिमेकी रहेका दुवैलाई मनिकाले काका भनेर सम्बोधन गर्ने गरेकी थिइन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...