ज्युँदै महिलालाई वडा कार्यालयले मृत्युको प्रमाणपत्र दिएपछि...
काठमाडौ । चितवनकी एक चेपाङ महिलालाई वडा कार्यालयले उनको ‘मृत्यु भएको’ खबर सुनाएको छ । वृद्धभत्ता लिन वडा कार्यालय पुगेकी ति महिला आफ्नै मृत्युको खबर सुनेर छक्क परेकी छन् ।
कालिका नगरपालिका–११ वाङथालकी बाटुलीमाया चेपाङको नागरिकतामा जन्म मिति २००१ साल छ । उनले राज्यले दिने बृद्ध भत्ता बुझ्दै आएकी थिइन् । गएको साउनमा आफ्नो भत्ता लिन उनी वडा कार्यालय पुगिन् ।
घरदेखि दुइ घण्टा परको वडा कार्यालय पुग्दा कर्मचारीले उनलार्य बृद्धभत्ता नपाउने बताए । वडा कार्यालयमा उनको मृत्यु भएको विवरण पुगेको थियो । मरको मान्छेले कसरी भत्ता पउने ? बृद्धा बाटुली गाउँमा बिलौना गर्दै हिँड्न थालिन्म, ‘म त मरी सकेछु । अबदेखि भत्ता पाउन्न रे ।’
केहि युवाले सोधखोज गर्दा पत्ता लाग्यो बाटुलीको निधन ०७४ सालको पुस १७ गते भएको कागजपत्र वडा कार्यालयमा रहेछ । उनको नाममा रहेको जग्गा आफ्नो नाममा नामसारी गर्न छोराहरुले नै उनी मरेको भन्दै मृत्यु दर्ता गरेको खुलेको छ ।
बाटुलीमायाले सरकारले दिने वृद्धभत्ता मात्रै नपाएकी होइनन्, उनको नाममा आउनुपर्ने सम्पत्ति अर्कैको नाममा पुगिसकेको थियो । उनी ज्युँदै रहेको कुरा फैलिएपछि अहिले उनको नाममा जग्गा फिर्ता भएको छ ।
प्रतिकृया दिनुहोस