बलात्कारीसँग मिलेर गलत मेडिकल रिपोर्ट बनाउने डाक्टरलाई कारबाही

Doctor 1

काठमाडौं । बालिका बलात्कारको घटनामा आरोपीसँग मिलेमतो गरी गलत मेडिकल रिपोर्ट बनाउने दुई जना डाक्टर निलम्बनमा परेका छन् । निलम्बनमा पर्नेमा डा.रम्भा गोइत र डा. विजयकुमार सिंह रहेका छन् ।

नेपाल मेडिकल काउन्सिलले बलात्कार घटनामा गलत मेडिकल रिपोर्ट दिने ति दुई चिकित्सकलाई निलम्बन गरेको हो । धनुषामा भएको एउटा बलात्कारको घटनामा मिलेमतो गरी डा. रम्भा र डा. सिंहले गलत रिपोर्ट बनाएका थिए ।

उनीहरुको व्यावसायिक प्रमाणपत्र अनिश्चितकालका लागि निलम्बन गरेको काउन्सिलका प्रवक्ता डा.कृष्ण अधिकारीले जानकारी दिए । डा. सिंहको काउन्सिल दर्ता नम्बर ३१५५० र गोइतको दर्ता नं. १०२०६ हो ।
चिकित्सकद्धयले चिकित्सकीय आचरण र व्यवहारविपरीत मेडिकल रिपोर्ट दिएको भन्दै काउन्सिलको मंगलबार बसेको बैठकले निलम्बन गर्ने निर्णय गरेको हो ।

योसँगै उनीहरुले चिकित्सकिय अभ्यास गर्न पाउदैनन्। यसको जानकारी तत्कालै चिकित्सक र सरोकारवालाहरुलाई गराउने काउन्सिलले जनाएको छ । काउन्सिलले सिराहका अर्का डाक्टर डा.राकेशकुमार सिंहलाई तत्काल छानविनका लागि उपस्थित नभएको भन्दै निलम्बन गर्ने निर्णसमेत गरेको छ ।

काउन्सिलले बनाएको छानविन समितिले दिएको प्रतिवेन अनुसारको सुझाव कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालय मार्फत सरोकारवाला सम्वन्धित निकायमा पठाउनेसमेत निर्णय गरेको छ । योसँगै ती चिकित्सक सरकारी जागिरबाट समेत स्वतः निलम्बनमा पनेछन् ।

धनुषाको जनकनन्दनी गाउँपालिका वाडं नं २ बस्ने करण मण्डलले १२ वर्षे बालिकालाई भदौ ८ गते जवरजस्ती करणी गरेका थिए । ९ गते पीडित बालिकालाई जनकपुर अञ्चल अस्पतालमा शारीरिक जाँच गरिएको थियो ।

जसमा चिकित्सक विजयकुमार सिंह र गोइतले शारीरिक जाँच गरेका थिए । पछि सोही बालिकाको मिति २०७५ भदौ २५ मा शारीरिक जाँच गर्ने सिराहा जिल्ला स्वास्थ्य कार्यालय (सिराहा जिल्ला अस्पताल) सिराहाका चिकित्सक डा. राकेशकुमार सिंहले दिएको प्रतिवेदन फरक परेको थियो ।

प्रतिवेदन नै फरक परेपछि दुबै प्रतिवेदन प्रतिलिपि र सिडि राखी एकिन रिपोर्टका लागि मिति २०७५ असोज २ गते जिल्ला सरकारी वकील कार्यालय, धनुषा, असोज १६ गतेका् महान्यायधिवक्ताको कार्यालय, काठमाडौ र मितिअसोज १८ र २० गतेको गृह मन्त्रालयले काउन्सिललाई पत्राचार गरेको थियो ।

सोलगतै काउन्सिलले असोज १९ गते सदस्य डा. कालुसिंह खत्रीको संयोजकत्वमा प्राडा हरिहर वस्ती (फरेन्सिक विज्ञ), डा मधु तुम्बाहाम्फे (प्रसुती तथा स्त्री रोग विशेषज्ञ) र श्री पुष्करराज नेपाल (स्वास्थ्य मन्त्रालयका कानून उपसचिव) रहने गरी छानविन समिति बनाएको थियो।

त्यसैगरी सिराहा जिल्ला अस्पतालमा कार्यरत डा. सिंह छानविन समितिले बयानका लागि बोलाउँदा नआएको भन्दै काउन्सिलले सात दिनको म्याद दिई प्रष्टिकरणका लागि काउन्सिलको कार्यालय, बाँसबारीमा उपस्थित हुन सूचित गर्ने निर्णयसमेत गरेको छ ।

डा. राकेशकुमार सिंह सात दिनभित्र हदम्याद मितिसम्म विना कुनै मनासिव कारण हाजिर नभए वा अटेर गरी बसे निजको व्यवसायिक प्रमाणपत्र निलम्बन हुने समेत डा.अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...