किशोरी र बालबालिका यौन हिंसाबाट बढी पीडित

Rape victim

धादिङ । सबैभन्दा बढी किशोरी र बालबालिका यौन हिंसाको शिकार हुने गरेका छन् । जिल्लामा १० वर्षमुनिका बालबालिका १५ प्रतिशत र १८ वर्षमुनिका ४९ प्रतिशत गरी ६४ प्रतिशत बालिका यौन हिंसाको शिकार हुने गरेको तथ्य सार्वजनिक भएको छ ।

मदिरा नियन्त्रण र लागुऔषध निषेधसम्बन्धी एक महीने अभियानको क्रममा बालिकामाथि सबैभन्दा बढी यौन हिंसा भएकाले विद्यालय तहमा अभियान सञ्चालन गरिएको छ ।

प्रहरीको अगुवाइमा जिल्लाका १६५ विद्यालयका २१ हजार बालबालिकालाई सचेतना अभियानमा सहभागी गराइएको प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

महिलामाथि हुने किसिमको हिंसा नियन्त्रण गर्न सबै मिलेर लाग्न प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...