लाइसेन्स बेच्ने यातायातका १० कर्मचारी अख्तियारको फन्दामा

Akhtiyar

काठमाडौ‌ । आर्थिक लेनदेनका आधारमा ट्रायल नै नदिई सवारीचालक अनुमतिपत्र (लाइसेन्स) बेच्ने १० कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।

यातायात व्यवस्था कार्यालय बागमतीका तत्कालीन प्रमुख तेजनारायण यादवसहितका १० कर्मचारीविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार उपसचिव यादवसहित मेकानिकल इन्जिनियर श्याम केसी, शाखा अधिकृतहरू ईश्वरराज रेग्मी, भूपराज दाहाल, शिवप्रसाद सुवेदी र विष्णुप्रसाद सुवेदीलाई प्रतिवादी बनाएको हो ।

यस्तै, ठूलोभर्‍याङस्थित यातायात व्यवस्था कार्यालयको सवारीचालक अनुमतिपत्र शाखा अधिकृत शालिग्राम पौडेल, यातायात व्यवस्था विभागका कम्प्युटर अपरेटर लक्ष्मण तिवारीलाई पनि प्रतिवादी बनाएको छ ।

ठूलोभर्‍याङस्थित कार्यालयका कम्प्युटर अपरेटर विज्ञान खड्की र एकान्तकुना ललितपुर कार्यालयका नायव सुब्बा लेखनाथ भुसालविरुद्ध समेत मुद्दा दायर भएको छ । मेकानिकल इन्जिनियर केसीविरुद्ध तीन महिनाअघि पनि अर्को मुद्दा दायर भएको थियो ।

‘उनीहरू यातायातका क्रोनिक कर्मचारीको समूह रहेछ,’ अनुसन्धानमा आबद्ध आयोगका एक अधिकारीले भने, ‘संगठित रूपमै उनीहरूले लामो समयदेखि यातायात कार्यालयमा सेटिङ जमाउँदै आएका थिए ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...