महेन्द्रनगरमा जारी नागरिक संघर्ष समितिको धर्ना फिर्ता

Nirmala panta dharna

महेन्द्रनगर । निर्मला पन्तको बलात्कारी र हत्यारा पत्ता लगाउन माग गर्दै धर्नामा बसेको नागरिक संघर्ष समितिले धर्ना फिर्ता लिएको छ । नेपालीहरुको महान चाड दशैँ आएकाले कार्तिक ७ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम फिर्ता लिएको नागरिक संघर्ष समितिले जनाएको छ ।

मिना भण्डारी नेतृत्वको संघर्ष समितिले उच्चस्तरीय छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै असोज १३ गतेदेखि महेन्द्रनगरको मदन चोकमा धर्ना शुरु गरेका थिए । यसअघि संघर्ष समितिले निर्मलाको वास्तविक हत्यारा पहिचान गरी कानुनी दायरामा ल्याउनु पर्ने माग गर्दै महेन्द्रनगरमा प्रर्दशन पनि गरेको थियो ।

महेन्द्रनगरकी अगुवा हेलन श्रेष्ठ नेतृत्वको दवावमूलक संघर्ष समितिले पनि २१ असोजदेखि ७ कार्तिकसम्म आन्दोलन फिर्ता लिएको छ । भीमदत्त नगरपालिका २ कि निर्मला पन्तको गत साउन ११ गते उखुवारीमा बलात्कार पछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

घटना भएको दुई महिना भन्दा बढी भइ सक्दा पनि हत्यारा पहिचान हुन सकेको छैन । उच्चस्तरीय छानविन समितिले हालै छानविन प्रतिवेदन सार्वजनिक गरेपनि दोषी पहिचान गर्न सकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...