पानी, तेल र मासु ढुक्कले खाने अवस्था छैनः मन्त्री खनाल

Chakramri jpg

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले खाद्य पदार्थमा मिसावटका कारण पानी, तेल र मासु ढुक्कले खानसक्ने अवस्था नभएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री खनालले अनुगमन र कडाई पछि अहिले दुध ढुक्कले खान मिल्ने अवस्थामा पुर्याएको भन्दै तेल, पानी र मासुमा भने अझै सुधार नभएको बताएका हुन्।

‘अहिले नै म पानी, तेल र मासु ढुक्कले खानुस् भन्न सक्ने अवस्थामा छैन, मन्त्री खनालले भने, ‘राज्यले नियमन गर्ने संयन्त्रको विकास नै गर्न सकेको रहेनछ । तर केही समयपछि नै खान मिल्ने बनाइन्छ, अखाद्य बस्तु मिसावट गर्ने सबैलाई जेल हालिन्छ ।’ का उनले खाद्य पदार्थमा मिसावट गर्ने जो कोहीलाई पनि जेल हाल्ने बताए ।

सरकारले एक वर्षभरी दुध, तेल र पानीमा स्वच्छता अभियान सञ्चालन गरेको उनको भनाई छ। मन्त्री खनालले जनताको स्वास्थ्य माथि खेलवाड गर्ने छुट कसैलाई नभएको बताए। मुख्य सहरमध्ये झण्डै ५० लाख मान्छेको बसोवास भएको काठमाडौंमा अखाद्य बस्तुको मिसावट सबैभन्दा बढी हुने गरेको उनको भनाई छ।

अनुगमन गर्दा खान नमिल्ने पानी बेच्ने २२ वटा पानी फ्याक्ट्रिमा तालावन्दी गरिएको पनि मन्त्री खनालले जानकारी दिए। यस्तै उनले अहिले कृषि क्षेत्रको अवस्था दयनिय भएको पनि बताएका छन् ।

२ करोड ८० लाखको दुई तिहाई अर्थात झण्डै ६५ प्रतिशत मानिसले खेती गर्ने कृषि क्षेत्रमा विनियोजन गरिएको बजेट, सरकार र नेताहरुको प्राथमिकता आदि कारणले कृषि क्षेत्रको अवस्था दयनिय भएको उनको भनाई छ।

‘सामान्य गमलामा छर्केको भरमा आफूलाई पुग्ने धनियाँ उत्पादन गर्न सकिन्छ, मन्त्री खनालले भने, ‘तर हामी वार्षिक १३ करोडको धनियाँ विदेशबाट आयात गछौं ।’ त्यस्तै एक सय २५ देखि ३० अर्वको धान चामल आयात हुने गरेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...