आगलागीबाट भरतपुरमा तीन पसल जलेर नष्ट

Aaglagi

चितवन । भरतपुर महानगरपालिका–१०, अस्पताल रोडस्थित दुर्गामणि गौतमको घरमा आगलागी भएको छ ।
सोमबार राति भएको आगलागीबाट होटल, दूध डेरी र किराना पसलमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका र कावासोती नगरपालिकाको दमकल, प्रहरी, सेना, सशस्त्र प्रहरी र स्थानीयवासीले आगो निभाएका थिए ।

प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार छाहारी होटल, पौडेल दूध डेरी र किराना पसल पूर्ण रूपमा क्षति भएको छ । ग्यास चुहिएर आगलागी भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...