राजेन्द्र पराजुलीको ‘अघोरी’ माथि छलफल

Aghori

काठमाडौं नेपाली कथा लेखनमा सुस्तता छाइरहेको बेला आख्यानकार राजेन्द्र पराजुलीको भर्खरै प्रकाशित पुस्तक ‘अघोरी’ ले नयाँ उर्जा दिने काम गरेको साहित्यकारहरुले बताएका छन्। काठमाडौंमा सोमबार आयोजित एक अन्तरसंवादका सहभागीहरुले यस्तो धारणा व्यक्त गरेका हुन्।

‘यो संग्रहमा विविध खालका पात्र छन्, विविध खालका कथा छन्। यसमा राजनीतिक बिषयवस्तुमात्र छैन, समाजका थुप्रै क्षेत्रका विसंगती र यथार्थ पनि प्रतिविम्बित भएका छन्,’ लेखक नयनराज पाण्डेले भने, ‘वर्तमानमा जे भइरहेको छ, हामीले त्यही लेख्ने हो। राजेन्द्रजी र म साथी पनि हौं। हामी दुवैका कतिपय कथामा उस्तै भावना, उस्तै हेराई पाउँछु म।’

साहित्यकार अर्चना थापाले ‘अघोरी’का धेरैवटा कथा पत्रकारिताको हेराईबाट, पत्रकारको बुझाईबाट आएजस्तो लाग्ने टिप्पणी गरिन्। ‘सायद जुन कुरा पत्रकारितामा लेख्न सम्भव छैन, त्यो कथाका रुपमा आएको होला,’ लेखक थापाले भनिन्, ‘कतिपय कथाले मलाई निकै तान्यो, तर कतिपयमा चाहिं इन्डिङ ट्रिकी भएन जस्तो लाग्यो।

यसमा यस्तो लेखिदिए हुन्थ्यो नि, यस्तो आए पनि हुन्थ्यो भन्ने लागिरह्यो।’ लेखक पाण्डेले चाहिं अघोरीका कतिपय कथालाई ‘ओपन इन्ड’ छाडिदिने शैली आफूलाई मन परेको उल्लेख गरे।

‘त्यसलाई पाठकहरुले आफैं बुझुन् भन्ने लेखकको मनसाय होला,’ उनले भने। छलफलको सञ्चालन लेखक एवम् पत्रकार यज्ञशले गरेका थिए। उनले र अन्य सहभागीले सोधेका प्रश्नहरुको जवाफ दिने क्रममा कथाकार पराजुलीले आफूलाई जे कुराले छोयो, त्यही लेखेको बताए। ‘म काँठको कथा लेख्छु, किनभने म काँठे हुँ।

पत्रकारिताको कुरा लेख्छु, किनभने म पत्रकार पनि हुँ। मैले जे देखें, त्यो लेखें,’ उनले भने, ‘कसरी लेखें, किन लेखें, त्यसबारे बताइरहन मलाई त्यति रुची लाग्दैन। कथा आफैंले उत्तर दिन सकोस् भन्ने लाग्छ।’ किताब पब्लिसर्सद्वारा प्रकाशित ‘अघोरी’ कथाकार पराजुलीको सातौं कृति हो।

कार्यक्रममा लेखकले सहभागीका विभिन्न जिज्ञासाको जवाफ दिएका थिए। छलफलका क्रममा नेपाली साहित्य लेखनका विविध पाटोबारे पनि चर्चा भएको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...